राजनीति

गगनको टिप्पणीः संसदको सामना गर्न नसकेर प्रधानमन्त्री कायर झै भाग्नुभयो

१४ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री कायरझै भागेको टिप्पणी गरेका छन् ।

नेपालगञ्जमा आज बिहान आयोजीत पत्रकार सम्मेलनमा नेता थापाले संसदमा अविश्वास प्रस्ताव फेस गर्न नसक्ने अवस्थापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नै भंग गरेको भन्दै जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारी जस्तो देखियो भन्दै कटाक्ष गरेका छन् ।

साथै नेता थापाले बिगतमा संसद भंग गरेका प्रधानमन्त्रीहरुले राजिनामा दिएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजिनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रपती बिद्यादेबी भण्डारी र प्रधानमन्त्री ओलीले जालझेल गरेर गरेको असंबैधानीक काम गरको बताउँदै उक्त बिषयमा अदालतले न्याय दिनुपर्नेमा जोड दिएका छन् ।