२४ पुष, काठमाडौं । राजस्व संकलनका लागी भन्दै भोली (शनिबार) पनि बैंकहरु खुल्ने भएका छन् । दोस्रो त्रैमासिकको अन्तिम शनिबार भएकाले राजस्व संकलनका लागी बैंकका काउन्टर तथा शाखा कार्यालयहरु खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकको यस्तो निर्देशन पछि अधिकांस बैंकहरुले भोली (शनिबार) बैंकहरु खुल्ला रहने जानकारी गराएका थिए । साथै राष्ट्र बैंकको उक्त निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालयहरु भोली आर्थात शनिबार खुला रहने भएका हुन् ।
केन्द्रिय बैंकले राजस्व संकलन गर्ने बैंकका शाखारकाउन्टरहरु एवम् क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने निर्णय गरेको हो ।
उक्त दिन पूर्णकालिन रुपमा कारोबार सञ्चालन गरी राजस्व बुझ्ने व्यवस्था गर्न समेत राष्ट्र बैंकले सूचित गरेको छ ।





