आर्थिक

बसको टिकटको भुक्तानी QR बाट

४ माघ, काठमाडौँ । लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रा.लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधाल्याएको छ ।अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि/वालेट बाट QR Scan गरि Fonepay नेटवर्क अन्तरगतभुक्तानी गर्न सकिनेछ । QR द्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवाततकाल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमाउपलब्ध छ । QR paymentले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ ।
लक्ष्मीबैंकलेविगतमा QR Payment लाईअस्पताल ,शपिङ्गमल , इन्टरनेटसेवा प्रदायक लगायत विभिन्न साना-ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ ।