आर्थिक

कृषि विकास बैंकमा यति ठुलो संख्यामा खुल्यो जागीर

९ माघ, काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै बिभिन्न १५ पदका लागी ३२५ जना कर्मचारीको माग गरेको हो ।

बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले आज निकालेको सूचनामा उल्लेख छ ।