१२ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्धउत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुखविदुर ज्ञवाली र भण्डारा दूग्धउत्पादक सहकारी संस्थाकाअध्यक्ष डिल्ली प्रसादथपलियाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारालगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न तथा फलफूलहरुको उत्पादनगर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने भण्डारा दूग्धउत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँचपु¥याउने उद्देश्यले बैंकल७ वटै प्रदेश तथा७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४४शाखा रहित बैंकिङ्ग सेवा, ४७एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत कामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।





