१८ माघ, काठमाडौं । महोत्तरी जिल्लाका सुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्ससंग जीवन बीमा गर्नुभएकोमा निजको मृत्युभई निज बिमीतकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवनबीमा मृत्यु दाबी बापत ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।
मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरिएको थियो ।





