१८ माघ, काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको बताएका छन् । राजधानीमानवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालय मार्फत बागमतीप्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवाउद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहकामन्त्री गुरुङ्ले कोभिड—१९ ले सिथिलभएको अर्थतन्त्र उकास्न र बैदेशिक रोजगारीलाई ब्यवस्थीत गदैं देशमै रोजगारीका अवशर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिए । आर्थिक समृद्धीका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङ्को जोड थियो । सोहि कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले अवशर नै अवशर रहेको बताउदैं युवाहरुमा सोच, संकल्प, निरन्तरता र ब्यवसायिक रणनिति हुनुपर्ने बताउनु भयो । उद्यमी मैत्री वातावरणका लागि सरकारले नेतृत्व लिनुपर्ने उनको भनाई छ । कार्यक्रममा बैंक तथाबित्तिय संस्था परिसंघका अध्यक्षएवं बरिष्ठ उद्यमीपवनगोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवशरहरुको उपयोग गर्न आग्रह गरे । राष्ट्रिय वाणिज्य बैंककाप्रमुखकार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसायगर्न आग्रह गरे । कार्यक्रमका बिभिन्न सेसनहरुमा राष्ट्रिय योजनाआयोगका सदस्य डा. रामकुमार फुयाल, उद्यमी महिला महासंघका अध्यक्ष रिता सिंह,बिजनेश अक्सीजनका अध्यक्ष सिद्रान्तराज पाण्डे, सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय बाणिज्य बैंकका प्रमुखकार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ, बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका नवराज पुडासैनी,महिलाउद्यमी डा. सुमित्रा गुरुङ् मानन्धर, युनिग्लोव कलेजकाप्रिन्सीपल डा. नरबहादुर विष्ट, प्रा.डा राधेस्याम प्रधान लगायतले युवा उद्यमशीलताका चुनौति र अवशरबारे मन्तब्य राखेका थिए ।
विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कलकार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निशुल्क तालीम र सहुलियत कर्जा प्रदान गर्ने बताए। सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमतीप्रदेश सरकारकाउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा सञ्चालन गरेको नवप्रवद्र्धन प्रस्ताव आह्वान (www.startupideacall.org) कार्यक्रमको प्रवद्र्धनका लागि युनिग्लोव कलेजमा कार्यक्रम आयोजना गरिएको थियो ।
२०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को धधध।कतबचतगउष्मभबअबिि।यचन वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्तावआह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ ।





