आर्थिक

सिलवालले पाए बिमा समितिको अध्यक्षमा नियुक्ति

२० माघ, काठमाडौं । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्ति भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई आगामी ४ वर्षको लागि समितिको अध्यक्षमा नियुक्त गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सिलवाल नेपाल सरकारका पूर्वसचिव हुन् । उनी २०७० चैतदेखि २०७२ मंसिरसम्म गृहसचिवको भूमिकामा थिए । उनले उद्योग मन्त्रालय, गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव छ

योसँगै बीमा समितिमा एक महिनादेखि रिक्त रहेको अध्यक्षको पदपूर्ति भएको छ । यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । 

अर्थमन्त्री बिष्णु पौडेलले सिलवाल सहित बिमा समितिको अध्यक्षका लागी तिन जनको नाम सिफारीस गरेका थिए । ती मध्यबाट सुर्यप्रसाद सिलवाललाई अध्यक्षमा नियुक्त गरिएको हो ।