अन्तर्राष्ट्रिय

भारतका राष्ट्रपति आजदेखि दुई प्रदेशको भ्रमणमा जाने

२२ माघ, एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज (बिहीबार)देखि दुई प्रदेशको भ्रमण शुरु गर्ने भएका छन् ।

उनले आज फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्ने तय भएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ ।

राष्ट्रपति कोविन्द भ्रमणको पहिलो दिन बिहीबार बेलुका कर्नाटक राज्यको बेङ्लोरका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।

भ्रमणका क्रममा उनले विभिन्न ठाउँमा सार्वजनिक सम्बोधनसमेत गर्ने भएको छ ।