आर्थिक

मन्जुश्रीको क्युआर कोड भुक्तानी सेवा

१३ फागुन, काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले डिजिटल बैकिंङलाई प्रभाबकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । फाईनान्सले आजवाट क्युआरकोड भुक्तानीको सेवा सुचारु गरेकोले आफनो गा्रहकहरुको सुबिधाकोे लागीस्मार्ट टेलरद्वारा भुक्तानीको सेवाप्रारम्भ गरी गा्रहकहरुले आफ्नो मोवाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेकनै एक लाखसम्मको भुक्तानी लिन सक्नेछन् ।
यसै सिलशिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँबानेश्वर स्थित “जय बाराही टे«डर्स”लाई प्रदान गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहनगर्ने उदेश्यले फाईनान्सले क्युआर कोड सुविधा सुचारु गरको हो ।
यस फाइनान्सले उच्चतमब्याज दरमानिक्षेप तथा सुलभ दरमाकर्जा प्रवाहलगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको छ ।