आर्थिक

नागरिक लगानी कोषको शेयर बिक्रीमा

२६ फागुन, काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयरबिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य १हजार ५ सयदुई रुपैँया पचास पैसा तोकिएको यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीदका लागि बैंक तथावित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्नेछन् ।
ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले चैत्र ३ गते देखि चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।