आर्थिक

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

१ चैत, काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।