१ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदानगर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७द्वारा फाल्गुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले ५१ हजार राशीको उक्त पुरस्काररकम बराबरको चेकका साथै सम्मानपत्रडा.लम्साललाई हस्तान्तरण गरे । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।





