आर्थिक

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

२ चैत, काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ आयोजना गर्न लागिएको छ । काठमाडौं स्थित मण्डीखाटार टेनिसक्लबमा यहीँ चैत १७ गते देखि २२ गतेसम्म आयोजनागर्न लागिएको उक्तप्रतियोगितामा यू८–यू१६ उमेर समुहका खेलाडीहरूले भागलिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्कीजिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लबकाठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदनफारमभर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएका आवेदन फारमह चैत गते विहीवार भित्र माथि उल्लेखित स्थानहरुको साथै [email protected]  मापनि बुझाउन सकिनेछ । यस सम्बन्धिविस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीयकार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । रितपूर्वक प्राप्तहुन् आएका आवेदनहरूलाई मात्र टाई सीटमा समावेश गरिनेछ ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेल प्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगतचार वर्षदेखि गर्दै आइरहेको छ । गतवर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजनागर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधि भर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्थाहो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।