बाग्मती

पूर्वमन्त्री कुवेर शर्मा प्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता/हरियाली नेपाल पाटीका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री स्वर्गीय कुबेर शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । कालिका स्थान स्थित सांस्कृतिक घरमाशनिबार नेता शर्मा प्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले २०४६ सालमा भएको बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शर्माले अग्रमोर्चामा रहेर संघर्ष गरेको स्मरण गरे । उक्तकार्यक्रममा सिंहले नेता शर्माको योगदानबारे चर्चा गरेत्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले तराइ–मधेश, हिमाल, पहाड सबैलाई मिलाएर अघि बढाउन सक्ने कुशल तथा बुद्धिजिबी नेताका रुपमाशर्माको स्मरण गरे । कार्यक्रममा पूर्व प्रधान न्यायाधिश सुशीला कार्कीले शर्मा जस्तो नेता नेपालमा धेरै कम रहेको बताइन् । शर्मा बुद्धिजीवी र सक्षम नेताभएको उनले बताइन् । कार्यक्रममा राजनीतिकदलका अन्य नेता, विभिन्न क्षेत्रका बुद्धिजीबीलगायतले नेपाली राजनीतिमा शर्माको महत्वपूर्ण योगदानको स्मरण गरे ।

केही समयदेखि अस्वस्थ नेताशर्माको ८४ वर्षको उमेरमा(१९९४ सालअसार ५ – २०७७फाल्गुन १४ ) शुक्रबार निधनभएको थियो । स्वर्गीय नेताशर्मा २०४८ सालमा सप्तरीबाट सांसद निर्वाचित भएका थिए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निकट मानिने नेताशर्मा २०५९ सालमापर्यटन मन्त्री भएका थिए । मुम्बइबाट चाटर्ड एकाउन्टेन्ट उत्तीर्ण हुने पहिलो नेपालीका रुपमाचर्चित नेता शर्माले विभिन्न वित्तीय संस्थाको उच्चापदमा रहेर लेखा परीक्षणलगायतका कामसमेत गरेका थिए ।

राजनीतिक आश्थाका कारण बन्दी जीवन समेत विताएका नेताशर्माले पञ्चायत शासन विरुद्ध जनआकांक्षा, निर्मल, राजधानी जस्ता साप्ताहिक पत्रिकासमेत प्रकाशन गरेका थिए । भ्रष्टाचार नियन्त्रण लगायत विषयमा नेपाली कांग्रेस पार्टीसँगको चर्को असहमतिका कारण नेताशर्माले २०५३ सालमा पार्टी परित्याग गरी हरियाली पार्टी स्थापना गरेर नेपालको राजनीतिक वृत्तमा चर्चा पाएका थिए । अर्थशास्त्र, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत विभिन्ने विषयमा लेख तथा पुस्तकसमेत लेखेका शर्मा सप्तरीको एक विर्तावाल परिवारमा जन्मिएका थिए ।