कर्णाली प्रदेश

पञ्चवर्षीय योजना कार्यान्वयनमा सहयोग आवश्यकः मुख्यमन्त्री शाही

५ चैत, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले निर्माण गरेको योजना कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना (२०७६/०७७–०८०/०८१) सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री शाहीले सरकारले कर्णालीको दीर्घकालीन सोच, लक्ष्य र उद्देश्य पूरा हुने गरी पञ्चवर्षीय योजना निर्माण भएको बताए।

सरकारले मात्र केही गर्न नसक्ने भन्दै उनले यसमा सबै वर्ग, क्षेत्र र तहको सहयोग अपरिहार्य रहेकोप्रति जोड दिनुभयो । “पञ्चवर्षीय योजनाको प्रभावकारी कार्यान्वयनले कर्णालीको मुहार फेर्ने अपेक्षा गर्न सकिन्छ”, उनले भने, “योजना निर्माणमा अनवरत खटिने उपाध्यक्षसहितको योजना आयोगको टोली र विज्ञ महानुभावप्रति कृतज्ञता प्रकट गर्दछु ।” हाल कर्णालीमा भएको गरीबी घटाउने, मानव विकास सूचाङ्कमा कर्णालीले अपेक्षित लक्ष्य हासिल गर्ने, प्रतिव्यक्ति आय पनि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्कालगायत आयोगका सदस्य तथा सचिवको सहभागिता थियो ।