१४ चैत्र, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बङ्गलादेश पुगेका छन् ।
बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनि बङ्गलादेश पुगेका हुन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछिको उनको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ ।उनलाई बङ्लादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री मोदी स्थानीय समय अनुसार विहान ७.४५ बजे ढाकाका लागि प्रस्थान गरेका हुन् । त्यसपछि उनि बङ्लादेशमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै उच्चस्तरीय भेटघाट पनि गरेका छन् ।
उनको भ्रमणले दुई देशबीचमा सम्वन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ भने केही नयाँ सहकार्य र समझदारी पनि हुने जनाइएको छ ।





