कर्णाली प्रदेश

सहकारी सामाजिक रुपान्तरणको अभियान बन्नुपर्छः मन्त्री केसी

१४ चैत, काठमाडौं । कर्णालीप्रदेश सरकारका भूमिव्यवस्था, कृषितथा सहकारीमन्त्री बिमला केसीले सहकारी सामाजिक तथा साँस्कृतिक रुपान्तरणको अभियान बन्नुपर्नेमा जोड दिएका छन् । नारायण नगरपालिका–८ दैलेखमाअवस्थित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निर्मित डेरी उद्योगको उद्घाटन गर्दै कृषिमन्त्री केसीले सहकारीको अभियानले जनताको आर्थिक, सामाजिकतथा साँस्कृतिक रुपान्तरण हुने बताए । “समाजवाद निर्माणको आधार सहकारी बन्नुपर्छ,” मन्त्री केसीले भने, “यसप्रति मेरो बढी विश्वास पनि छ ।”

कर्णाली प्रदेशसभा अम्मरबहादुर थापाले डेरी उद्योग सञ्चालनले किसानको दूधको बजारीकरण भएको बताए । शेयर सदस्य मोटाउने खालको सहकारीलाई सरकारले प्राथमिकता नदिएको उनको भनाइ थियो । कृषिमन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले शहरको पैसा गाउँभित्र्याउने माध्यम डेरी उद्योग भएको प्रतिक्रिया दिए । सचिव मिश्रले भने, “यसबाट महिला किसानले प्रत्यक्ष लाभ लिएका छन् । प्रदेशले डेरी व्यवस्थापन गर्दैछ ।” दुग्ध उद्योगमा दैलेखमा नमूनाबन्ने भन्दै उनले सुर्खेतमा ठूलो क्षमताको पाउडर प्लान्ट बनाउनतर्फ सरकारले पहल गरिरहेको बताए ।

दुई करोड ५० लाखमा डेरी उद्योग सञ्चालन

राष्ट्रसेवक तथा उनीहरूका परिवार शेयर सदस्यभएको सोे बहुउद्देश्यीय सहकारीले दुई करोड ५० लाखमा डेरी उद्योग सञ्चालन गरेको छ । सहकारीका अध्यक्ष खमबहादुर थापाले विसं २०६४ पुस १६ गते स्थापना भएको र हाल आएर सबै किसानलाई समेट्न सकिएको बताए । सहकारीले प्रदेश सरकारको रु एक करोड दलित लक्षित वर्ग विशेष कार्यक्रम र नारायण नगरपालिका दैलखको ४०/४० लाख, भैँसी पालन किसान साझोदरीको १२ लाख १० हजार र सहकारीको आफ्नै ५८ लाख ५७ हजार नारायण नगरपालिका दैलेख (प्रयासरहेल्भटास) को ११ लाखबाट दुग्धचिस्यान केन्द्र निर्माण भएको उल्लेख गरेको छ ।

सहकारीका व्यवस्थापक भूपेन्द्र खड्काले संस्थामा बहाल तथा निवृतिभरण भएका राष्ट्रसेवक र उनीहरूका परिवारसहित गरी ६६८ शेयर सदस्यरहेको बताए । ६० मा प्रतिदिन ३०० लिटर सहकारीमा दूध सङ्कलन हुने जनाउँदै उनले नारायण नगरपालिका–३ दैलेखका ४० दलित घर परिवारलाई एक/एक भैँसी वितरण गरेर ‘भैँसीपालक नमूना’ बस्ती बनाइएको जनाए ।

“हामीले दलितसहित विपन्न गैरदलित गरेर १२१ भैँसी वितरण गरेका छौं,” व्यवस्थापक खड्काले भने, “उनीहरूको भैँसी पालन व्यवसाय व्यवस्थित होस् भनेर पशु प्राविधिकको पनिव्यवस्था गरिएको छ । हिजो जुवातास खेल्ने, गिटट्ी कुट्ने, बेरोजगारले कामपाएका छन् ।” अहिले संस्थाको एक करोड शेयर पूँजी रहेको उनको भनाइ थियो ।

भैँसीपालक कृषक गणेश केसीले दैनिक छ लिटर दूध डेरी उद्योगलाई बेच्ने गरेको बताए । दूधको मूल्य भने अपेक्षा गरे जति नपाइएको र त्यसका लागि आवाज उठाउँदै उनले जनाए । शुक्रबार दैलेख पुग्नु भएका सहकारीमन्त्री केसीले प्रदेश सरकारअन्तरगत दैलेखमा सञ्चालन भएका दलित लक्षित तथा विपन्न विशेष कार्यक्रम, चक्लाबन्दी खेती प्रोत्साहन अनुदान कार्यक्रम, पशु अस्पताल तथापशु सेवा र कृषि विकास कार्यालयको कार्य सम्पादनबारे अनुगमन गरेका थिए।