आर्थिक

पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड सेवा

३ बैसाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँचबिस्तार गर्ने अभियान संचालनगरिरहेको माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यु.आर. कोड सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मिति २०७८/०१/०३मा नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा क्यु.आर. कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । साथै उनले क्यु.आर. कोड सेवाअत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँनोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौतीहुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्षलाभ पुग्ने कुरा जानकारी गराए ।
सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यु.आर.कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमासुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्तगरे ।
उक्तऔपचारिक कार्यक्रममा आफ्नो स्वागतमन्तव्य राख्दै माछापुच्छ«े बैंक लि. काप्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यु.आर.कोड बारेमा प्रकाश पारे । साथै बांके जिल्लाका प्रमुख अधिकारी शिवराम गेलालले माछापुच्छ्रे बैंकले बाँके जिल्लाको प्रसिद्ध पवित्र स्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्यु.आर. कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

आफुले प्रयोग गरेको बस्तुतथा सेवाकोआफ्नै बैंक खातामार्फत डिजिटलभुक्तानीगर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्मजानुनपर्ने लगायतकाथुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमाआर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवाप्रदानगर्दै आइरहेको छ ।
बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँन पुगेका अन्य धेरै स्थान र क्षेत्रमापनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवाविस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरतादिदै जानेछ ।