स्वास्थ्य

कोरोनाबाट आजमात्रै १३९ जनाको निधन, थपिए ९ हजार २७१ जना संक्रमित

२७ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३९ जनाको निधन भएको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुने यो संख्या एक दिनमा अहिलेसम्मकै उच्च हो ।
आज १८ हजार ४११ जनामा परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणका कारण निधन हुनेको संख्या नेपालमा हालसम्म ३८ सय ५९ जना पुगेको छ । ६७ जिल्लामा निशेधाज्ञा भएको समयमा पनि संक्रमित र मृतक दैनिक बढ्नु ज्यादै तनाबग्रस्त देखिएको छ ।
यसै समयमा ४००७ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।