स्वास्थ्य

भारतबाहेकका मुलुकबाट पनि कोरोना खोप ल्याउने सरकारले तयारी गरिरहेको छः मन्त्री त्रिपाठी

२८ बैशाख, काठमाडौं । स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले कसैले चार डलरमा खोप उपलब्ध गराउने भए एक करोड डोज खोप सरकारले किन्ने बताएका छन् । उनले आजको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै भ्रष्टाचार भयो भनेर आरोप लगाउनुभन्दा अगाडी राम्रोसँग बुझेरमात्र आरोप लगाउन भन्दै खुल्ला रुपमा नै चार डलर भन्दा कममा जसले दिन्छ त्यसैलाई सरकारले ठेक्का दिने जानकारी दिएका हुन् ।
खोप नभएर कोरोना संक्रमणको नियन्त्रण प्रयासमा असर परिरहेका बेला ठूला केही ब्यापारीक घरनासँग जोडेर भ्रष्टाचारको कुरा उठीर।हेका बेला स्वास्थ्यमन्त्री त्रिपाठीले आज पत्रकार सम्मेलनमार्फत स्पष्ट गर्न खोजेका छन् । उनले १० लाख जोड खोपको रकम तिरिसकेको भन्दै सिरमले पनि छिट्टै नै खोप उपलब्ध गराउने दाबी गरे । सरकारले ५० लाख डोज खोप किन नल्याएको भन्ने बिषयमा स्पष्ट जवाफ नदिएका मन्त्री त्रिपाठीले भारतबाहेकका मुलुकबाट पनि खोप ल्याउन सरकारले पहल गरिरहेको बताए ।