स्वास्थ्य

२४ घण्टामा ५४ सय ५५ जनाले जिते कोरोना, १८७ को मृत्यु, ८१ सय ६७ जना थपिए संक्रमित

१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमणका रण निधन भएको छ । पछिल्लो समयमा कोरोना भाईरस संक्रमित संख्या ८१ सय ६७ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या नेपालमा ४८ सय ५६ पुगेको छ । हालसम्म नेपालमा ४ लाख ४७ हजार ७०४ जना संक्रमितहरु पुगेका छन् । १८ जहार ५४८ जनामा परीक्षण गर्दा ८ हजारभन्दा बढी संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । कोरोना संक्रमण जितेर घर फर्किनेहरु आज ५४ सय ५५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।