आर्थिक

जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले कोरोना रिुद्ध लड्न २ करोडको सहयोग

७ जेठ, काठमाडौं । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आई.सी.यु. लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।
यसमा निम्न सहयोगहरु समावेश छन्ः
अक्सिजन प्लान्ट र आई.सि.यु. विस्तारका लागि धुलिखेल अस्पताललाई रु एक करोड पैत्तीस लाखको सहयोग, नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप पचहत्तर लाखलगायतका प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

जावलाखेल गु्रपअफ ईण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेकोमा विश्वास गर्छन् । यी बाहेक पनि उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनीलाखौं रुपैया सहयोग गर्दै आएका छन्, जसको उनी प्रचार गर्न रुचाउनु हुन्न । स्मरणीय रहोस् अध्यक्ष शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि हुन् ।
जावलाखेल गु्रपअफ ईण्डष्ट्रिजका गु्रपका कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठीन समयमा एक सच्चाकर्पोरेट नागरिकको हैसियतले ब्यापारिक घरानाहरुले कुनैपनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकाश गर्नुपर्नेमा जोड दिए । ‘कर्पोरेट सेक्टर पनि यहि समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हित संग निर्भर गर्दछ । यो समय सरकारले सिमित श्रोत र साधनबाट गरेको प्रयास प्रति हामीले सहयोग र समर्थन गर्ने पनि हो ।’ उनले भने ।