७ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार कं. लि. तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कं.र नेपाल क्लियरिङ्गहाउस लि.बीच डिजिटल भुक्तानीको क्षेत्रलाई थपविस्तार गर्न सहकार्यताको लागि सम्झौता भएको छ । सो सम्झौतामा एनडिपिसिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात्, एनडिपिसिले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका NCHL-IPS तथा connectIPS प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ भने एनडिपिसिले आफ्नो वित्तिय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ्गपहुँच बढाउन थप पहल गर्ने छ ।
एनडिपिसि नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंकद्वारा स्थापित कम्पनीहो जसले गर्दा यसमा ग्रमीण क्षेत्रको पहुँच देखि लिएर वित्तियतथा बैंकिङ्ग सेवा प्रदानगर्ने दुबै प्रकारका विशेषता रहेका छन् । तसर्थ यस कम्पनीले देशका कुनाकाप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तिय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्ने छ ।हालप्रारम्भिक टेस्टिङ्गको चरणमा रहेको एनडिपिसिको मोबाईल वालेट सञ्चालनमा आएपश्चात् अन्लाईन र अफ्लाईन दुबै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताहरुले समेत उक्तमोबाईल वालेट प्रयोग गर्न मिल्ने छ । एनडिपिसिले हालै नेपाल राष्ट्र बैंकबाट “नमस्तेपे” सञ्चालनगर्न भुक्तानी प्रणाली सञ्चालकको अनुमति पनि प्राप्त गरिसकेको छ ।
दूरसञ्चार कंम्पनीले प्रवद्र्धन गरेको एक मात्र भुक्तानी सेवाप्रदायक, एनडिपिसि तथा बैंक वित्तिय संस्थाहरुले प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक, एनसीएचएलबीचको यस सहकार्यले दूरसञ्चारको पूर्वाधार र ग्राहकतथा डिजिटल भुक्तानीको पूर्वाधार–बैंक वित्तिय संस्थाका ग्राहकहरुलाई जोड्ने अपेक्षाग रिएकोले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ । यसले नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकको डिजिटल भुक्तानीको पहलहरुलाई थप टेवापुर्याउने विश्वास गरिएको छ ।
एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGSNPI/ CORPORATEPAY प्रणालीहरु सञ्चालनगर्दै आएकोमा हाल ६३ सदस्य बैंक वित्तिय संस्थाहरु र ५८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । एनसीएचएलले बैंक वित्तिय संस्थाहरुका साथै भुक्तानी प्रणालीहरुमा विभिन्न सरकारी तथाअर्ध–सरकारी संस्थाहरु, पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक लगायतकासंस्थाहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराईडिजिटलभुक्तानीको क्षेत्रमा सेवा प्रदानगर्दै आएको छ ।





