पु.समाचार

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५३ को निधन, थपीए २९ सय १८ संक्रमित

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५३ जनाको निधन भएको छ । यसै समयमा २९ सय १८ जना कोरोना संक्रमितहरु थपीएका छन् । आज कोरोना जितेर घर फर्किनेहरु ५१ सय ४७ जना पुगेका छन् । आज १४ हजार ८१९ जना कोरोना परीक्षण गर्दा उक्त संक्रमित थपीएका हुन् । आजसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८४ सय ६५ पुगेको छ ।