पु.समाचार

आज कोरोनाका कारण ४६ जनाको निधन, २२ सय ९७ जना थपीए संक्रमीत

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको निधन भएको छ । आज २२ सय ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएके छ । आज कोरोना जितेर घर फर्किनेहरु ३१ सय ३० जना रहेका छन् । यस समयमा १० हजार ९०४ जनाले कोरोना परीक्षण गरिएको थियो । अहिलेसम्म ८७ सय ७२ जना कोरोना संक्रमणका कारण निधन भएको छ ।