आर्थिक

महामारीमा परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यकः उद्योगपति चौधरी

२२ साउन, काठमाडौं । उद्योगपति एबम् नेपाली काँग्रेस का साँसद बिनोद कुमार चौधरीले सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ भनेका छन् ।
उनले ट्वीट गर्दै यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन, जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन् भन्ने सन्देश दिएका छन् ।
उनले, ‘त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’ भनेका छन् ।
सबैतिर कोरोना माहामारीम पनि भीडभाड भईरहेका बेला उद्योगपति चौधरीको उक्त भनाई आएके हो ।
उनको ट्वीटः बैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।