शिक्षा

भारत, मदुराई, तामिलनाडुस्थित विश्वविद्यालयद्वारा खनाललाई मानार्थ विद्यावारिधि

६ भदौ, काठमाडौं । युनिभर्सल तामिल युनिभर्सिटीले समाजसेवी प्रदीप खनाललाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । भारत, मदुराई, तामिलनाडुस्थित विश्वविद्यालयले शनिबार अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष उनलाई अन्तरराष्ट्रिय समाजसेवा पु¥याएको योगदानबापत सो उपाधि प्रदान गरेको हो ।

इलाम, जीतपुर निवासी ४८ वर्षीय खनाल ३० वर्षदेखि निरन्तर विश्वव्यापी मित्रता, अन्तरराष्ट्रिय ऐक्यबद्धता, विश्वशान्ति, धार्मिक सद्भाव, संस्कृतिलगायत क्षेत्रमा क्रियाशील हुन् । अन्तरराष्ट्रिय नेपाली विद्यार्थी सङ्गठनका संस्थापक अध्यक्ष(२००२) नी बेलायतस्थित बुद्ध इन्टरनेशनल ट्रष्टको सह–संस्थापक पनि हुन् ।

त्यस अवसरमा भारतका अन्य छ व्यक्तित्वलाई पनि मानर्थ विद्यावारिधि प्रदान गरिएको थियो । उपाधि प्राप्त खनालले समाजसेवाबाटै कुनै पनि व्यक्तिले देश र विदेशमा समेत योगदान पु¥याउन सक्ने बताए।