आर्थिक

उद्योग वाणिज्य महासङघको कृषि समितिको विज्ञमा राज शाही

३ असोज, काठमाडौं । उद्योग वाणिज्य महासङ्घको कृषि समितिको विज्ञमा जुम्लाका राज शाही नियुक्त भएका छन् । समितिका सभापति अजयराज सुमार्गीले शाहीलाई उक्त पदमा नियुक्त गरेका छना्।

समितिले कृषिका विभिन्न परियोजना सञ्चालन गर्दै आए पनि कृषिका जानकारको सङ्ख्या न्यून हुँदा ठोस् उपलब्धि हुन नसकेको अवस्थामा शाहीजस्ता अनुभवीबाट सहयोग मिल्ने जनाएको छ ।

जुम्ला अर्गानिक्स एण्ड कर्णाली सुपरफाष्ट कम्पन्नीका सञ्चालकसमेत रहेका शाही विगतदेखि नै कृषिको विकास, किसानलाई सम्मान तथा प्रोत्साहनका लागि वकालत गर्दै आएका छन् ।