७ कात्तिक, काठमाडौं । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (IFC) तथा क्ःभ् ँष्लबलअभ ँयचगm द्वारा आयोजना गरेको र G20’s Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।
साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई “SME Financier of The Year- Asia” विधामा सम्मानित भएको हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।





