आर्थिक

आज सुनको मृत्यु २ सयले बृद्धिः चाँदीको भने स्थिर

९ कार्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४ सय मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९ सय थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।