आर्थिक

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबीः ४९ सांसदले गरे सर्मथन

१५ कार्तिक, काठमाडौं । मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएपछि राजेन्द्र राईले मुख्यमन्त्रीका लागी दाबी गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेपछि नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका राईले ४९ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

आजै मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भोली दिउँसो १ बजेसम्मको समय तोकेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना सांसदको समर्थन आवश्यक हुन्छ । उनलाई एकिकृत समाजवादीसंगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको पार्टीका सांसदको समर्थन रहेको छ ।