समाचार

ओलीको दाबीः एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो

२२ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बाहेक आफ्नो पार्टीसंग चुनाव लड्ने दम कसैसंग पनि नभएको दाबी गरेका छन् ।

नेकपा एमाले मोरङले आज आयोजना गरेको एक कार्यक्रममा ओलीले कांग्रेस बाहेक अरु नेकपा एमालेसंग लड्न नसक्ने भन्दै अरु दल कांग्रेसमा आड लागेको टिप्पणी समेत गरेका छन् ।

ओलीले निर्वाचनमा नेकपा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससंग हुने बताएका छन् । ओलीले अहिलेको पाँच दलिए गठबन्धनको सरकार चुनाबसम्म पनि नटिक्ने समेत ठोकुवा गरेका छन् ।

साथै आफुले चाहेमा एक सातामै सरकार ढाल्नसक्ने दोहर्याएका ओलीले लुतो लागेको सरकार आफुै खुईलिने समेत टिप्पणी गरेका छन् ।