२३ कार्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलित बारले जबराले आज सबै प्रकृतिको मुद्धामा पेशी तोकेपछि जबरालाई यस्तो संज्ञा दिएको हो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले आजको पेशीमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्धामा पनि पेशी चढाउनुका साथै आफ्ना लागी पनि ईजलात तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको प्रतिक्रिया जनाएका छन् ।
आफूहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको तर प्रधानन्यायाधीश जबराले भने न्यायपालिकामा विकृति अझै मौलाउन खोजेको समेत अध्यक्ष श्रेष्ठले आरोप लगाएका छन् ।





