समाचार

राजालाई मैले प्रजातन्त्रबाहेक सबैमा सम्झौता गर्न तयार छु भनेको थिएँ, अहिले पनि तै होः प्रधानमन्त्री

२४ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई मुलुकमा शाशन गर्ने भए चुनाव लड्न सुझाव दिएका छन् ।

गणेशमान स्मृती सान्ति प्रतिष्ठानले आज शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा त्यो व्यवस्था रहेको भन्दै शाशन व्यवस्था बिरुद्ध नलाग्न समेत चुनौति दिएका छन् ।

प्रधानमन्त्री देउवाले आफुले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भन्दा ज्ञानेन्द्र शाहले जेल हालेको स्मरण गर्दै त्यतिबेलादेखी नै गणतन्त्रको माहोल सुरु भएको बताएका छन् ।