समाचार

जनगणना भोलीदेखीः भारतबाट अनुमती नपाए लिम्पियाधुरामा अनुमानका आधारमा हुने

२४ कार्तिक, काठमाडौं । १२ औं राष्ट्रिय जनगणना भोलीदेखी सुरु हुने भएको छ । जनगणनाको तयारी पुरा भएकाले भोली राष्ट्रपतिको विवरण संकलनगरि गणनाको सुरुवात गरिने भएको हो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार भोलीदेखी सुरु हुने जनगणनाका लागी ४० हजार गणक फिल्डमा खटिने भएका छन् ।

तथ्यांङक संकलनका लागी गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय जाने र त्यसपछि क्रमशः गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति जाने कार्यक्रम रहेको छ ।

उनीहरुले महानिर्देशक श्रेष्ठका अनुसारहरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिएका छन् । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् ।

साथै जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य हुने भन्दै सबैलाई ढुक्क भएर जनगणनामा भाग लिन निर्देशक श्रेष्ठले आह्वान गरेका छन् । साथै उता दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा जनगणणा गर्न भारतले अनुमती नदिएमा अनुमानका अधारमा गर्ने पनि श्रेष्ठले जानकारी दिएका छन् ।