समाचार

विवादीत प्रधानन्यायाधीश जबराले तोके पेशी

२५ कार्तिक, काठमाडौं । बिवादीत बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजपनि विभिन्न मुद्धाका पेशी तोकेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपालबार एसोसियसनको अगुवाईमा कानुन व्यवसायीले काठमाडौंका विभिन्न अदालतमा धर्ना दिईरहँदा जबराले भने आजका लागी पनि पेशी तोकेका हुन् ।

जबराले आन्दोलीत न्यायाधीशलाई लक्षित गरि उनिहलाई अप्ठेरो पर्ने हिसाबले अन्य मुद्धाालाई प्रमुख प्राथमीकता दिँदै बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछि राखेका छन् ।

उता सर्बाेच्चकाका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो ।

कानुनन हिसाबले बन्दीप्रत्यक्षीकरणको निवेदन उच्च प्राथमिकतामा पर्ने र पेशी तोक्दा बन्दीप्रत्यक्षीकरणको निवेदनपछि मात्रै अरु मुद्दाको पालो तोक्ने चलन छ ।

तर उनले बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अन्य मुद्धा पछि राखेका छन् । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको इजलासमा सवारी ज्यानको मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको निवेदनको पेशी तोकिएको छ ।