२५ कार्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ ।
संघका महामन्त्री बलदेब तिमल्सिनाले फेसबुकमा स्टाटस् राख्दै यस्तो माग गरेका हुन् । साथै उनले आम उपभोक्ता लाई पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना समेत गरेका छन् । सरकारले बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य १३६ रुपैयाँ प्रतिलिटर, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ कायम गरेको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ बनाइएको छ । यो मुल्यबृद्धी बाट सबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित रहेको भन्दै यो जनबिरोधी कार्य भएको समेत उनले बताएका छन् ।
अत्यावश्यकिय उपभोग्य बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको अबस्थामा सरकार र नेपाल आयल निगमलाई लाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता लिन उनले माग गरेका छन् ।





