२६ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपालबार एसोसिएसनको अगुवाइएमा जारी आन्दोलनमा तनाव उत्पन्न भएको छ ।
आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीबबीच सर्बाेच्च परिसरमा झडप भएको छ ।
आन्दोलनरत कानुन व्यवसायीले आफुहरुको आन्दोलनमा हस्तक्षप भएको भन्दै प्रधानन्यायाधीश जबरालाई आज सर्बाेच्च प्रवेशमा निषेध गर्ने घोषणा बिहिबार गरेका थिए ।
आन्दोलनमा पक्ष र विपक्ष कानुन व्यवसायीबिच धकेला–धकेल हुँदा झडप भएको बताईएको छ ।
साथै आन्दोलित कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्बाेच्च तर्फ लागेका छन् भने सर्बाेच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु भने बन्द गरिएको छ ।
प्रधानन्यायाधीश राजीनामा दे भन्दै उनिहरु बाहिरी गेटतर्फ अगाडी बढेका छन् । साथै केही कानु व्यवसायी पक्राउ परेका छन् ।





