२६ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्बाेच्च प्रवेशमा रोक लगाईएको प्रति कटाक्ष्क गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले प्रधानन्यायाधीश जबराले पदमा बस्ने आधार गुमाएपनि कार्यालय प्रवेशमा रोक लगाउनु गलत भएको जिकिर गरेका छन् । जबराको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीले आज जबरालाई सर्बाेच्च प्रवेशमा निषेध गरेपछि थापाले यस्तो ट्वीट गरेका हुन् ।
साथै थापाले अगाडी भने कानुनको रक्षा गर्ने दायित्व बोकेकाहरुबाट यस्तो कार्य हुनु हामी जस्ता गणतन्त्र विरोधीहरुलाई पनि लाज लाग्न थालि सक्यो ।
प्रधानन्यायधीशले पदमा बस्ने नैतिक आधार गुमाएकोमा कुनै विवाद नभएको तर,व्यक्तिको स्वतन्त्र आवागमन र कार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएन र भन्दै थापाले प्रश्न समेत गरेका छन् ।






