२६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहान्त्री प्रकाशमान सिंहबिच दुरी बढेको छ । पौडेलले आज दिउँसोका लागी आफुपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । तर पौडेलले बोलाएको उक्त बैठकमा प्रकाशमान सिंह नजाने भएको बताईएको छ ।
आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो समूहको साझा धारणा तय गर्न पौडेलले केन्द्रीय सदस्यहरुको बैठक बोलाएपनि पौडेल समूहका प्रभावशाली नेता मानिने प्रकाशमान सिंह भने बैठकमा सहभागी नहुन् श्रोतले जानकारी दिएको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि पौडेल समूहबाट चार जना नेतृत्वका आकांक्षी छन् ।
वरिष्ठ नेता पौडेल सहित महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइराला सभापति पदका आकांक्षी हुन् । श्रोतका अनुसार नेतासिंह काठमाडौं मै रहेपनि रहेको र मोबाईलन नै अफ गरेर बसेका छन् ।





