विचार/ब्लग

अनि यसरी सुरु भयो दाङसम्मको यात्रा

शोभा रावात\नेपाल । काठमाडौंदेखी दाङसम्मको यति लामो यात्रा झण्डै १२ घण्टा । त्यो पनि रात्रीवसको यात्रा उफ, सम्झँदा पनी रिंगटा लागेर आउँछ । अझ हामी महिलाहरुको लागि त झनै रात्रीकालीन यात्रा एकदमै कष्टकर पनि भईदिन्छ । तर पनि वर्षापछि घर जान पाउँदा मनमा कतै छुट्टै खालको खुसी पनि हुन्छ । वर्षौदिनपछि अफिसको कामलाई केही दिनका लागि भएपनि बिदाई गर्दै परिवारसंग गाउँघरमा गएर रमाउन पाउनु त्यो क्षण एकदमै रमाईलो हुन्छ । अनि आमाले पकाएको मिठो–मिठो विभिन्न परिकारहरु मेरि छोरी कस्ती दुब्लाई छ काठमाडौंमा खाना पनि खाँदैनसकी के हो भन्दै धेरै मायाँ र थोरै रिस मिसाएर गालीगर्दै थालभरि पस्केर दिएको खानाको त झनै के तारिफ नै गरु म । हेर्दा लाग्छ वर्ष दिन भरीलाई पुग्नेगरी खानेकुराहरु छ ।

यस्तै–यस्तै रमाईला कुराहरु संम्झदै मन फुरुंग पारेर दाङसम्मको यात्रापनि आज तय गरियो । उफ आज त घर जाने दिन समयपनि कति बिस्तारै चलेको जस्तो । बस साँझ ६ बजेको भएपनि बिहानै पाँच बजे देखीनै सामान प्याकिङमा व्यवस्त म ओ हो ३ बजे नै वसपार्क पुगेछु । त्यसपछिको कुरा त झनै के गरुँ बसले पनि गुडाएर होईन उडाएर घर पुर्याईदिए हुन्थ्यो झैं हुने । भने अर्को तर्फ सिट छेँउमा कस्तो मान्छे पर्ने हो यति लामो यात्रा कसरी पुरा गर्ने हो मनमा अनेकौं प्रश्नले मनलाई पिरोलिरहेको थियो । तर के गर्नु काठमाडौं आएर बस्नु बाध्यता भनौं या रहर । भन्नलाई त भनिन्छ काठमाडौं रहरको सहर जुन सहरमा दैनिक हजारौं युवा–युवती ठुलो–ठुलो सपनाहरु लिएर पस्छन् । कतिले अनकौं दुःख कष्ट गरेर भएपनि आफ्नो सपना पुरा गरेरै छोड्छन् त कयौं निरास हुँदै रित्तै हात घर र्फकन बाध्य हुन्छन् । त्यसभित्र म पनि एक पात्र थिँए । जो केही सपना पुरा गर्न काठमाडौं छिरेको थिए थोरै सफलता थोरै नैरास्यता सोचेको सबै कुरा पुरा हुनुपर्छ वा हुन्छ सम्भव पनि त छैननी । यस्तै–यस्तै बिभिन्न सोचमा मग्न थिएँ म । एकैछिनमा लगभग ४०–४५ वर्षकी एकजना दिदी आउनु भयो ।

खलासी भाई मेरो सिट कहाँ छ ?
खलासीः दिदी तपाईको सिट, उ त्यो ४–५ को ५ हो है त्यो दिदीसंगै बस्नु

त्यसपछि भने मेरो मनलाई केही शान्ति मिलेको महशुस भो । मनमनै सोचेँं, मेरो सिटमा महिला नै पर्नुभए छ, आहा आजको यात्रा रमाईलो हुने भयो । आफ्नो छेउमा कोहिलाई देखेमा बोलिहाल्ने बानी मेरो । नबोलि बस्न पनि त सक्दैन थिएँ । एकैछिनमा म बोल्न नपाउँदै सीट छेउकी दिदीले भन्नुभयो, ‘बहिनी मलाई बमिट हुन्छ म झ्यालतिर बस्छु है ।’ उफ् आफुलाई छेउमा बमिट गरेको कोही मान्छे देखे बमिटै आउन खोज्ने र झ्यालमा बसेर यात्रा गर्न पाए केही नचाहिने तर त्यो दिदिको मलिम मायालु अनुहार देख्दा कता–कता मनमा माया भनौं या दयाको भावना पलाएर आयो अनि भनिन्छ नि छातिमाथि ढुंगाराखि हाँस्नु पर्या छ भने झैं हुन्छ दिदी बस्नु न तपाईलाई समस्या छ भने । त्यसपछि बसमा सम्पुर्ण यात्रुलाई राखेर बस काठमाडौंबाट दाङका लागी छुट्यो । सबैले आ–आफ्नो घरमा आँफु चढेको बस हिँडेको जानकारी गराए र मैले पनि । यसरी सुरु भयो उनीसंग मेरो काठमाडौंदेखी दाङसम्मको यात्रा ।

जति–जति बसले काठमाडौं उपत्यकालाई बिदाई गर्दै अगाडी गन्तव्यतर्फ अघी बढ्यो, मेरो मनमा त्यो दिदीप्रति विभिन्न कौतुहलता जाग्न थाले । म नबोलि बस्नै सकिन र प्रश्नको वर्षात नै गर्न थाले दिदी तपाईको घर कहाँ हो ? कहाँ जान लाग्नु भएको ? कहाँदेखी आउनु भएको ? एउटा पत्रकारले प्रश्न सोधेजसरी प्रश्नको भारी उनिमाथि बिसाए । सोचे फेरि यो दिदीले म बोलेकोाम दिक्क त मानिन् तर ति महिला पनि नबोली बस्न नसक्ने बिल्कुलै म जस्तै आहा कस्तो म संग बानि मिल्दो रहेछ रमाईलो हुनेभयो यात्रा मनमनै हर्षित भए म । तर मईले सोचेको जस्तो रमाईलो यात्रा भने हुन सकेन । यस्मा उनि सिटछेउकी दिदीको कुनै दोष थिएन ।

एकैछिनमा मेरो प्रश्नको जवाफ दिँदै मलिन अनुहारमा महिलाः के हुनु र बहिनी बिदेश गएको थिए आज घर जाँदै छु । ३ वर्ष बहराईन बसेर आएको घर बुटवल हो । य हो र मेरो प्रश्न थियो रु त्यसपछि झनै मलाई उत्सुकता लाग्न थाल्यो अनि दिदी बिदेश किन जानुभएको नि बुढालाई पठाएको भए हुन्थ्यो त मैले भन्दा उनले भनिन् होईन बहिनी श्रीमान बिरामी भएर सक्नुहुँदैन बस् यतिकैमा उनको जवाफ फेरि टुंगीयो । त्यसपछि त झनै उनको यो जबाफले मलाई प्रश्न गर्न मन लाग्यो अनि दिदी के भएको तपाईको श्रीमानलाई उनले भनिन् मलेसिया जानु भएको थियो दुर्घटनामा परेर आउनु भयो शरिर चल्दैन घरमा साना–साना बाबु–नानि छन् । बुढा–बुढि सासु–ससुरा हुनुहुन्छ बुढा बिदेश जाँदा लागेको रिण तिर्नै बाँकी छ । उनको यो जवाफले अरु प्रश्न गर्ने हिम्मत ममा जुटेन बस हंसिलो अनुहार भित्र लुकेको पिडा सुनेर बस्न बाहेक के नै पो गर्न सक्थे र म । यतिकै मा यात्राको लगभग आधीबाटो आएको हामी दुबैलाई पत्तै भएन ।

उनका ति ठुलठुला आँखामा पीडा लुकाउन खोज्दा पनि आँसुको ढिका बनेर छचल्किन बेर लागेन । सायद आफ्नै दिदी–बहीनिलाई आफ्नो मनको पीडा सुनाएको महशुस उनलाई भयो होला । एकछीन माहोल शान्त भयो हुन त बसमा नेपाली फिल्म चलिरहेको थियो त्यो पनि कमेडीवाला सबै हाँसिरहेका थिए । तर मेरो मन भने एकाएक शान्त भयो यस्तो लाग्यो कि यो दुःख मलाई नै परिरहेको छ तर उनको त्यो पीडालाई म महशुस मात्रै गर्न सक्दथे । १२ कलास पढ्दा–पढ्दै प्रेम विवाह भयो, विवाह भएको दुई वर्षमा बच्चालाई जन्मदिए, श्रीमानको पनि पढाई बिग्रीयो भर्खरै ब्याचुलर पढ्दै हुनुहुन्थ्यो बिहेपछि जिम्मेवारी थपियो र बिदेस जानुभयो ।

बिदेश जाने आउनु गर्नुहुन्थ्यो तर यसपालित ग्रह बिग्रेको रहेछ गएको केही महिनामै दुर्घटनामा पर्नुभयो, घाईते अवस्थामा नै नेपाल ल्याईलदएका थिए आधा सम्पत्ति उहाँकै औंषधि उपचारमा सकियो के गर्नु बहिनी आज धेरै पढेको भए यहिँ नेपाल मै बसेर केही गरेर खान सक्थे होला श्रीमानको यस्तो अवस्था हुने थिएन होला, घरमा अहिले एक छोरा र एक छोरी छन् उनिहरुपनि मामाघरमा बस्दै आएका छन् रुन्चे स्वरमा उनि फेरी बोलिन । तर बिडम्बना उनले यसरी पीडा पोखिरहँदा म सान्त्वना बाहेक के पो दिन सक्दथे र ।

कालो जिन्सको पाईन्ट र एउटा मैलो टिसर्टमा उनि कुनै हिरोईन वा मोडल भन्दा कम थिईनन् रुपमा । हंसिलो अनुहार गालाको बिचमा डिम्पल मानौ कुन सिनेमाकि हिरोईन जस्तै थिईन । कलिलै उमेरमा बज्रपात पर्यो बहिनी बालबच्चा र श्रीमानको मुख हेरेर भएपनि बाँच्नुपर्दो रहेछ । यत्तिकैमा थोरै सम्हालीएको जस्तो गर्दै ओहो बहीनि म त आफ्नो बारेमा मात्रै पो बोलेछु तिमिलाई त बोल्नै दिएन है भन्दै माफि मागेजसरी उनि मलाई हेर्छिन । मैले होईन दिदी मेरो त खासै छैन काठमाडौं बस्छु घर जाँदै छु तिहार मनाउन । यति नै थियो मेरो उत्तर ।

एतिकैमा खानाखाने ठाउँपनि आएछ सबैजना खाना खान झर्छन उनि झरिनन् र आज त मलाई पनि खाना खाने मनै भएन घर जानलाई कति खुसि मान्छे म अहिले त मन भारी भएको थियो उनको त्यो कुराहरुले । यसरी खाना खाएर सकिएपछि फेरी यात्रा तय हुन्छ तर अब भने हामी दुबैलाई निद्रा लागेछ कुरा गर्दा गर्दै निदाएका हामी कतिबेला उनि ओर्लने ठाउँ आएछ पत्तै भएन । उनिसंग एउटा गुनासो मनमा आजसम्म पनि आखीर बस ओर्लदा एकपल्ट पनि म जाँदै छु है बहिनी भनिन् । निद्राबाट व्यँझदा त म लमहि पो पुगीसके छु । अनि छेउमा उनको त्यो हंसिलो अनुहारको एउटा स्मरणीय चित्रमात्रै । बसको त्यो सिटमा म एक्लै कतिबेला भए थाहा नै भएन । अनि यसरी अन्त्य भयो उनिसंगको यात्रा ।

यसरी महिला भएर पनि अनेकौ पीडा सहँदै आफ्नो देश छाड्न बाध्य कयौं चेलिहरु छन् आज । उनि त एक पात्र मात्रै हुन् । घरको आर्थिक कारणल गाएत विभिन्न कारण बालबच्चा–आमाबुवा छाडेर अर्कोको मुलुकमा श्रम गर्न जाने महिला दिदी–बहिनी आज हाम्रै गाउँ–समाज हाम्रै छिमेक वा भनौं हाम्रै घरमा छन् । यति भन्दै गर्दा आज कयौं यस्ता महिला दिदी–बहीनिहरुपनि छन् जस्ले आफै आफ्नो स्वर्गजस्तो घरलाई भताभुंग पारेर अन्त्यमा बैदेशीक यात्रालाई विकल्प पनि बनाएका छन् । म यत्रि भन्न चाहन्छु कि बैदेशीक यात्रा बाध्यता हो त्यसलाई कुनै रहर वा आफ्नै कारण बिकल्पको यात्रा नबनाऔं । अर्कोको देशमा गएर परदेशीलाई रिझाएर खानु सामान्यकुरा होईन । आज कयौं महिला दीदी बहिनी बैदेशीक रोजगारीमा गएर आफ्नो भुमि फर्कनै नपाई अकालमै ज्यान गुमाउन पनि बाध्य छन् ।