समाचार

न्यायको आवाज थुन्न भाडाका मान्छे प्रयोग भए, भोलीदेखी सबै आन्दोलन सर्बाेच्चमै गर्छौंः बार

२८ कार्तिक, काठमााडौं । न्याएको आवाज थुन्न भाडाका मान्छे प्रयोग भएको भन्दै नेपाल बार एशोसिएसन थप आक्रोसित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै दुई सातादेखी आन्दोलित बारले राष्ट्रिय भण्डाको दुरुपयोग गरेर घुस कमिसनबाट आएको पैसाबाट न्यायको आवाज थुन्न भिजिलात्ने र भाडाका टट्टुहरु प्रयोग भएको भन्दै आक्रोस व्यक्त गरेका हो ।

 

बारका महासचिव लीलामणि पौडेलले आन्दोलनलाई भोलिदेखी सर्बाेच्च अदालत केन्द्रीत गर्ने बताएका हुन् । बारको आह्वानमा कानुन व्यवसायीहरुले आज सर्वोच्च परिसरमा धर्ना दिएका छन् तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु थप आक्रोशित भएका हुन् ।

उनले भोलिदेखी उपत्यकाका सबै आन्दोलन सर्बाेच्च परिसरमै हुने बताएका हुन् । आफुहरुको शान्तिपुर्ण आन्दोलनमा प्रधानन्यायाधीश जबराले भिजिलान्ते प्रयोग गरेर आफुहरुबिरुद्ध उतारेको भन्दै यस्को मुल्य अब जबराले चुकाउनु पर्ने बताएका छन् ।