समाचार

पेट्रोलिय पदार्थको मुल्यबृद्धि बिरुद्ध संयुक्त बिद्यार्थी संगठनले गरे बिरोध

२८ कार्तिक, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल निकट बिद्यार्थी संगठन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टी लगाएतका पार्टी निकट बिद्यार्थी संगठनले प्रर्दशन गरेका हुन् ।

मुल्यबृद्धि खारेज गर भन्ने प्लेकार्ड बोकेका उनिहरुले ग्याँस सिलिण्डर सहित प्रदर्शन गरेका थिए । काठमाडौंको भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर बिरोधमा उत्रिएका उनिहरुले मुल्यबृद्धि फिर्ता लिनुपर्ने, आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगाएतका माग राखेका छन् ।