समाचार

राजीनामा माग्दै आन्दोलीत वकीलहरुलाई जबराले भनेः आउनुस् मिलेर अगाडी बढौं

२९ कार्तिक, काठमाडौं । आफ्नो राजीनामा माग्दै बिगत दुई हप्तादेखी आन्दोलित कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवादकालागि बोलाएका छन् ।

निजि सचिवालय माफर्त विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्यायालयमा हाल देखीएको विवाद अन्त्यगर्न नेपाल बार र सर्बाेच्च बेन्चबीच संवाद हुनुपर्ने भन्दै संवादकालागि डाकेका हुन् ।

जबराले नेपालबार एशोसिएसन र सर्बाेच्च अदालत एकै रथका दुई पांग्रा भएको भन्दै पारस्परिक सम्बन्ध र होतेमालो गरि अगाडी बढ्न आवस्यक रहेको बताएका छन् ।

साथै जबराले सर्बाेच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार पारेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको समेत विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।