समाचार

जबरालाई बारको उत्तरः राजीनामा दिनुस्, वार्ता आवस्यक छैन

२९ कार्तिक, काठमाडौं । प्रधान्यायाधी चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तालाई नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ । आफुबिरुद्ध नेपाल बार एशोसिएसनको अगुवाईमा आन्दोलित कानुन व्यवसायीलाई प्रधानन्यायाधीश जबराले आज वार्ताका लागी बोलाएका थिए ।

विज्ञप्ति जारी गर्दै जबराले आन्तोलनरत पक्षलाई बिग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका हुन् । यसको जवाफ दिँदै नेपालबार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरालाई तत्काल राजीनामा दिन भन्दै आफुहरु वार्तामा नबस्ने बताएका हुन् ।

साथै प्रधानन्यायाधीशले जारी गरेको वक्तव्य पछि कानुन व्यवसायीहरुले जबरालाई विचौलियाको नाइके भईसकेको आरोप समेत लगाएका छन् ।