समाचार

जबराको राजीनामा माग्दै सर्बाेच्चमा आजपनि कानुन व्यवसायको धर्ना सुरु

३० कार्तिक, काठमाडौं । सर्बाेच्च अदालतमा आजपनि कानुन व्यवसायीको धर्ना सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै बिगत दुई सातादेखी नेपालबार एशोसिएसनको अगुवाईमा कानुन व्यवसायीले धर्ना दिँदै आएका छन् । प्रहरीको घेरा तोड्दै मुलगेटसम्म पुगेका कानुन व्यवसायीलाई प्रहरीले मुलगेटमै रोकेर राखेको छ ।

सर्बाेच्चमा अन्य दिन जस्तै आज पनि बाक्लो मात्रामा प्रहरी खटाईएको छ । आन्दोलनरत कानुन व्यवसायीलाई समस्या समाधानका लागि भन्दै सोमबार प्रधानन्यायाधीश जबराले वार्तामा बोलाएपनि उनिहरुले वार्तामा नबस्ने भन्दै जबरालाई राजीनामा दिन भनेका थिए ।