३० कार्तिक, काठमाडौं । हिसाब किताब खोज्दा एक वडा अध्यक्ष वार्षीक समिक्षा गोष्ठिबाट निकालीएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालीका मेयर दिलिपकुमार राईले पथरी शनिश्चरे ४ का वडा अध्यक्षलाई गोविन्द बहादुर भण्डारीलाई नगर प्रहरी लगाएर बैठक कक्षबाट बाहिर निकालेका छन् । वडा अध्यक्ष भण्डारीले पालिकामा व्यापक अनियमितता भएको भन्दै जवाफ मागेका थिए ।
अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेको र पालिकामा अझै अनियमितता भइरहेको भण्डारीको गुनासो छ ।
भण्डारीले ईन्धनका लागि छुट्याईएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याईएको ३० लाख र फर्निचरका लागि छुट्याईएको ५० लाखको हिसाब देखाएरमात्रै बैठक अघि बढाउन भन्दै बैठक अघि बढ्न नदिएपछि मेयर राईले भण्डारीलाई बाहिर निकाल्न प्रहरीलाई निर्देशन दिएको बताईएको छ ।
वडा अध्यक्षको मोटर साईकल मर्मतको विलपास नभएपछि विवाद सुरु भएको थियो ।





