३० कार्तिक, काठमाडौं । आज चार न्यायाधीश नियमित ईजलासमा फर्किका छन् । असन्तुष्ट न्यायाधिशहरुको समुहबाट अलग भएका चार न्यायाधिश आज नियमित ईजलास फर्कीएका हुन् ।
न्यायधिशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा तथा न्यायाधीश तेज बहादुर केसी र कुमार रेग्मीको संयुक्त ईजलासले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धामा पनि सुनुवाई गरेको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित उनिहरुले बन्दीप्रत्यक्षीकरण बहेकका अन्य मुद्धा नहेरे पनि आज भने अन्य मुद्धा पनि हेरेका हुन् ।





