समाचार

कांग्रेसका वरिष्ठ नेता पौडेलले बोलाए समन्वय समितिको पहिलो बैठक

३० कार्तिक, काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न बनाइएको समन्वय समितिको बैठक बस्ने भएको छ । समितिका संयोजक तथा कांग्रेस नेता रामचन्द्र पौडेलले समितिको पहिलो बैठक बोलाएका हुन् ।

पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीकाअनुसार बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बस्दैछ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । तर, आजको पहिलो बैठकमा न्यायालयमा देखिएको विवादको बारेमा छलफल हुनसक्ने बताइएको छ ।

नेता पौडेलले पनि पटक पटक सरकार र राजनीतिक दलहरूले न्यायालयको बारेमा बोल्नुपर्ने बताउँदै आएका छन् ।